एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार १२:२२ मा प्रकाशित

अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।