२९ फाल्गुन २०८२, शुक्रबार
आजदेखि नेपाली कांग्रेसको वडा अधिवेशन शुभारम्भ भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरबाट वडा अधिवेशन शुभारम्भ गरेका हुन । सूर्यविनायक नगरपालिकाका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न देउवा भक्तपुर पुगेका थिए । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए अनुसार उहाँले अधिवेशनको शुभारम्भ गरेका छन।
आजदेखि वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुने यसअघि नै कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।


कांग्रेसले आज देशभरका ६ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भनेको थियो । तर, आज ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने बताइएको छ।
यही भदौ २७ गते गाउँ(नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।