२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (माओवादी केन्द्र)को युवा संगठन योंग कम्युनिष्ट लिग (वाईसीएल)को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको हो । उनी यसअघि उपाध्यक्ष थिए ।
त्यस्तै सह–संयोजक सुबोधराज शेर्पाली बनेका छन् । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको छ ।

