सरकार नै एमसीसीबारे रंगिबिरंगी भएर समस्या उत्पन्न भयो : पौडेल

होमल्याण्ड खबर

२०७८ भाद्र २३ गते, बुधबार १३:१४ मा प्रकाशित

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमसीसी संसदमा टेबल भएपछि राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्ने बताएका छन् । आज बुटवलमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा बोल्दैं उनले सुरुमा एमसीसी संसद टेबल हुनुपर्ने र त्यसपछि पार्टीले राष्ट्रको हितअनुकूल निर्णय गर्ने बताए ।

उनले भने, ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं । बरु सरकार नै यसबारेमा रंगिबिरंगी भएर समस्या उत्पन्न भएको छ ।’

साथै, एमाले र दलहरुबीच एमसीसीबारे एकमत नहुनुमा समस्या भएको उनको भनाइ थियो ।