अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

होमल्याण्ड खबर

२०७८ भाद्र २३ गते, बुधबार १५:०६ मा प्रकाशित

 बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आज उनले ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा। अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गत २ भदौमा नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार भने अल्पमतमा परिसकेको छ ।

बाग्मतीका ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको छ । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ ।