२९ फाल्गुन २०८२, शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच प्रतिनिधिसभाको बैठक चलेको छ । यसअघि संसदको पहिलो बैठक एमालेको विरोधकै कारण स्थगित गरिएको थियो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले बिरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका हुन् ।
बैठकमा एमाले सांसदरुले नाराबाजी गरिरहेका छन् भने सभामुखले बैठक अघि बढाइरहेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले रोष्ट्रममा आएर अध्यादेश पेश गर्न माग गरे पनि यथास्थानबाटै बोल्न सभामुखले आग्रह गरेका थिए । नेमकिपा सांसद सुवालले प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताएका थिए । नेमकिपा सांसद सुवाल रोष्ट्रममा गएर अध्यादेश प्रस्तुत नपाएपछि अध्यादेश पेश गरेनन् ।


अवरोध छिचोल्दै अर्थमन्त्रीले रोष्ट्रममा
संसद सुवालपछि सभामुख सापकोटोले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिएका थिए । मन्त्री शर्माले भने एमालेको बिरोध छिचोल्दै रोष्टममा गएर नै बोलेका थिए । एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकबाट आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।
यस्तै एमालेकाे बिराेधकैबीच विनियोजन अध्यादेश पनि ध्वनी मतले पारित गरिएको छ ।
मन्त्री शर्माले राष्ट्र ऋण उठाउने सम्बन्धि अध्यादेश पेश गरे । मन्त्री शर्माले अध्यादेश पेश गरेपछि सभामुख सापकोटाले पुनः अध्यादेश फिर्ता लिन सांसद सुवाललाइ समय दिए । मैले अध्यादेश नै पेश गरेको छैन, के फिर्ता लिनु ? सांसद सांसद सुवालले सभामुखलाई प्रश्न गरे । तर पनि सभामुख सापकोटाले सांसद सुवालले पेश गरेको अध्यायादेश बहुमतले अस्वीकृत भएको घोषणा गरे ।