२९ फाल्गुन २०८२, शुक्रबार
प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । दलको बैठक आइतबार मध्यान्ह १२ बजे बस्ने एमाले सचेतक शान्ता चौधरीले बताइन् । आफ्नो भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको हो । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यअघि एमाले संसद दलको बैठक बसेर संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन लागेको हो ।
यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिकाको समीक्षा गरिने बताइएको छ । एमालेले संसद अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्ध परिमार्जन गरि यथावत राख्ने जनाएको छ ।

