२९ फाल्गुन २०८२, शुक्रबार
प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित २३ कार्यसूची तय गरेको छ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । सरकारले शुक्रबार प्रतिस्थापन विधेयक ल्याएको थियो ।
नेकपा एमालेले संसदको बैठक अवरोध कायमै राख्ने जनाएको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले संसद अवरोध कायमै राख्ने निर्णय गरेको छ । एमालेले संसदमा कसरी प्रस्तुत हुने भन्ने आगामी रणनीति बनाउन अपराह्न १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।



