उपेन्द्र यादवको माग: ‘अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गराैँ’

होमल्याण्ड खबर

२०७८ भाद्र २८ गते, सोमबार १०:४१ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न माग गरेका छन् । सत्ता गठबन्धनको आइतबार बसेको बैठकमा यादवले अध्यादेश खारेजपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने माग गरेका हुन् ।

दल विभाजनका लागि जसपामा ५ जना सांसद् भए पुग्छ। तर पार्टी विभाजनका बेला यादवले धेरैलाई मन्त्रीको आश्वासन दिएर आफूतिर राखेका थिए।

तर संयुक्त सरकार भएका कारण आकांक्षी सबैलाई मन्त्री बनाउने अवस्था छैन।

मन्त्री बन्न नपाउनेहरुले दल विभाजन गर्न नसकुन् भनेर यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका छन्।