एमालेको विरोधपछि राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित

होमल्याण्ड खबर

२०७८ भाद्र २८ गते, सोमबार १३:४० मा प्रकाशित

 नेकपा एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध जारी राखेको छ । सोमबार बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

एमालेले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको छ । एमाले विभाजनमा सभामुखको भूमिका रहेको उसको आरोप छ । यही विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरोध गरिएको हो ।

अवरोध सिर्जनाभएपछि सभाअध्यक्ष गणेश तिम्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।