नेकपा एकीकृत समाजवादी दर्ताविरुद्ध ओलीले दायर गरेको रिट हेर्न नभ्याइनेमा

होमल्याण्ड खबर

२०७८ भाद्र २८ गते, सोमबार १४:२३ मा प्रकाशित

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा परेको रिट आज सर्वोच्चको बेन्च–बार समन्वयको बैठक परेकाले हेर्न नभ्याइने सूचीमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

ओलीले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाहीलाई वैधानिकता दिएर उनीहरूको सांसद पद निलम्बन गर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो । रिटमा निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ ।

ओलीले एमालेबाट कारबाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारबाही गरी संसद् सचिवालयलाई जानकारी गराउँदा समेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै रिट निवेदन दिएका थिए ।