२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरणमा दादागिरी भएको बताएका छन ।
उनले सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता वितरणमा दादागिरी गर्दै प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरेको आरोप लगाए । उनले आफूहरू पार्टीलाई लोकतान्त्रिक बनाउन लागि परेकाले त्यस्ता वडा अधिवेशनलाई मान्यता नदिने समेत बताए ।


‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले काठमाडौंमा गरेको ‘नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दैं पार्टी जिल्ला कमिटीलाई एकातिर लगाएर पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरिएको छ,’ उनले भने, ‘त्यो हामी मान्दैनौं ।’
उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेको पनि नेता पौडेलको भनाइ छ । नेताको सत्ता लिप्साका कारण कांग्रेस महाधिवेशन अनिश्चित बनेको उनले आरोप लगाए।
‘आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,’ उनले भने, ‘यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।’