एमालेको नाराबाजीकै बीच प्रतिनिधि सभाको बैठक सुरु

होमल्याण्ड खबर

२०७८ भाद्र २९ गते, मंगलवार १३:१८ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही सुरु भएको उद्घोष गर्ने बित्तिकै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका छन् । उनीहरु संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरिरहेका छन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

यस अघि तीन पटक बसेका बैठकहरू एमालेले अवरोध गर्दै आएको छ।

हिजो सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सर्वदलिय बैठक आव्हान गरेकोमा एमालेले बैठक नै बहिष्कार गरेको थियो ।