डडेल्धुरामा फेरि वडा अधिवेशन गराउन माग गर्दै पौडेल समूह सानेपामा

होमल्याण्ड खबर

२०७८ भाद्र ३१ गते, बिहीबार १६:०६ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने अडान राखेको छ। कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ ।

देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्को समूह असन्तुष्ट बनेको हो । पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ ।

डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिका पदाधिकारीको ध्यानाकर्षण गराउन पौडेलसहितका नेताहरु सानेपा पुगेका छन् ।

सचिवालयका अनुसार पौडेलसँगै महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सानेपा पुगेका छन् ।।

पौडेलसँगै महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, गगन थापालगायत पार्टी कार्यालय सानेपामा छन् ।
डडेल्धुरामा केही दिन सम्पन्न वडा अधिवेशनमा धाँधली भएको पौडेल समूहले आरोप लगाउँदै आएको छ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदै छ ।