कांग्रेसले काठमाडौंमा वडा अधिवेशन असोज ५ मा गर्न थाल्यो तयारी

होमल्याण्ड खबर

२०७८ आश्विन १ गते, शुक्रबार १५:५६ मा प्रकाशित

 नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको काठमाडौं जिल्लाको वडा अधिवेशज असोज ५ गते भएको छ । आज निर्वाचन अधिकृतसँग बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी गरेको हो।

आज कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशन तयारी गर्ने भएको हो । शनिबारसम्ममा काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटाईने भएको छ ।

काठमाडौं महानगरसहितका विभिन्न नगरपालिकामा गरी कूल एक सय ३८ वडा छ। कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा ढिलो भएको थियो ।