संविधान र व्यवस्था मात्र होइन, देशलाई नै धरापमा पार्न सक्ने खतरा-कमल थापा

होमल्याण्ड खबर

२०७८ आश्विन ३ गते, आईतवार १०:४६ मा प्रकाशित

राप्रपाका अध्यक्ष कमल थापाले संविधान जारी गर्ने बेलामा अवरोध सिर्जना गर्ने, संविधानमा आफ्नो स्थान नदेख्ने, संविधान च्यातेर सिमानामा नाकाबन्दी गर्ने सबै देशी, विदेशी शक्ति एक भएर संविधान र व्यवस्था मात्र होइन, देशलाई नै धरापमा पार्न सक्ने खतरा रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा संविधानबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले संविधानमा धर्मनिरपेक्षताको विवादास्पद र भ्रमपूर्ण स्पष्टीकरण राखिएको बताएका हुन् । ‘परम्परागत संस्थालाई निषेध गर्ने प्रयास भएको छ। बहुसंख्यक जनताको भावनाको सम्मान भएको छैन ।संविधानसभामा रहेका दलहरूको प्रतिष्ठा र तुष्टीकरणका कारण संविधान भद्धा बन्न पुगेको छ,’ उनले भनेका छन् ।

कयौं कमी–कमजोरी तथा त्रुटिका बाबजुद अस्थिरता र अराजकतापूर्ण लामो संक्रमणपश्चात देशले संविधान प्राप्त गरेको तथ्यलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने उनले बताएका छन् ।

इमानदार र उदार भावनाले काम गर्ने हो भने संविधान शान्ति, स्थायित्व र समृद्धिको प्रस्थानबिन्दु बन्न् सक्ने थापाको भनाइ छ । ‘संविधान जारी भए यताको समयमा जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।