देशमा संविधान दिवस मनाइरहँदा : राजावादीहरूले राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन

होमल्याण्ड खबर

२०७८ आश्विन ३ गते, आईतवार १७:०५ मा प्रकाशित

देशमा संविधान दिवस मनाइरहँदा राजावादीहरूले आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन । उनीहरुले प्रतिनिधिसभा नजिकै पुगेर संविधानको प्रति जलाउँदै यसको विरोध गरेका हुन्।

माइतीघरबाट सुरु भएको राजावादी समूहको र्‍याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो। त्यहाँ पुगेपछि उनीहरु संविधान मात्र जलाएनन् चर्का नाराबाजीसमेत गरे।

राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका उनीहरुले संविधान जलाएका हुन्।