२९ फाल्गुन २०८२, शुक्रबार
माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्तको अन्तरिम आदेश माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट हेर्दोहर्दैमा राखिएको छ । न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि रिट हेर्दोहर्दैमा राखिएको हो । रिटको सुनुवाई मंगलबार हुने छ ।
ओलीले कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।


रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ ।