२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (एकीकृत समाजवादी )को केन्द्रीय कमिटी बैठक आज बस्दै छ। निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि पहिलो पटक बैठक बस्न लागेको हो । पार्टीको विधानलगायत आन्तरिक तयारीका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले बताए ।
आजको बैठकले पार्टी बिधानका साथै संगठनसम्बन्धी विभिन्न प्रतिवेदन तयार पार्ने उनको भनाइ छ । साथै, आजको बैठकको कार्यसूचीमा पार्टीको जिल्ला इन्चार्ज तोक्ने, प्रदेश कमिटी अनुमोदन गर्नेलगायत विषय रहेको चौधरीले बताए ।


बैठकबाट तीन महिने पार्टी कार्ययोजनासमेत तय हुने उनको भनाइ छ।नेकपा एमालेका ५६ केन्द्रीय सदस्य र ३० सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए ।
एमालेबाट विभाजित भएर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पार्टी गठन भएको हो ।