२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । आज राष्ट्रियसभा बैठकमा बोल्दै उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको भन्दै राजीनामा माग गरेका हुन् ।
सभामुख साप्कोटाले कुर्सीको गरिमालाई जोगाउन नसकेको भन्दै सांसद श्रेष्ठले भने, ‘कुर्सीको महत्वलाई बुझ्न नसक्ने व्यक्ति कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुखं) ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो ।


राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ (बजेट) टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् ।
विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले एमाले संसद श्रेष्ठलाई बोल्न समय दिएका थिए।
त्यसपछि सांसद श्रेष्ठले सभामुखलाई एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना टाँस गर्न आग्र्रह गरेका हुन् ।