२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ । पौडेल पक्षले महामन्त्री शशांक कोइरालाको निवास महाराजगंज बेग्लै बैठक गरी धारणा तय गर्न लागेको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी महाधिवेशन, क्रियाशिल सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री एवं अध्यक्ष शेरबहादुर देउवाले पार्टीमा छलफल नगरि अघि बढ्न खोजेको भन्दै त्यसबारे पनि पौडेल पक्षमा छलफल हुने भएको स्रोतले जनाएको छ ।


देउवा निकट नेता नारायण खड्कालाई पार्टीमा छलफल नगरि परराष्ट्रमन्त्री बनाउने तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो ।