२९ फाल्गुन २०८२, शुक्रबार
परराष्ट्रमन्त्रीमा नियुक्त डा. नारायण खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले एक बजे शपथको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।
कांग्रेस नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।


