आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

होमल्याण्ड खबर

२०७८ आश्विन ८ गते, शुक्रबार १३:३३ मा प्रकाशित

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन ‘हेर्न नमिल्ने’मा राखिएको छ । सुनुवाईका लागि शुक्रबार पेसी तोकिए इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा पेसी तोकिएको पनि सो निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

आलमलाई थुनामा राखेर सुनुवाई प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले फैसला गरिसकेको छ । तर, उनले आफू थुनामुक्त हुनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । विष्फोटक पदार्थ बम बनाउने क्रममा विष्फोट भई घाइते भएका करिब दुई दर्जन व्यक्तिलाई जिउँदै आगो लगाएरमा मारेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनले दायर गरेको रिट निवेदन यसअघि पटकपटक पेसी तोकिएको थियो । तर, सुनुवाई हुन सकेको थिएन ।