कांग्रेसले गर्‍यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

होमल्याण्ड खबर

२०७८ आश्विन १० गते, आईतवार १०:२२ मा प्रकाशित

नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो । कांग्रेसले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । योसँगै कांग्रेसले ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले बताएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए सकेको छैन । अब प्रदेश दुईका ६ जिल्ला, कैलाली र रसुवाको क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा छन् । कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भएको छ । वडाअधिवेशन हुन नसकेका १३ जिल्लामा दशैं अघि अधिवेशन गर्ने कांग्रेसले जनाएको छ ।