प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ आश्विन ११ गते, सोमबार ११:०३ मा प्रकाशित

संघीय संसद अन्गर्तत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाबानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच, आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ । राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्नेछ ।