प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बस्ने

होमल्याण्ड खबर

२०७८ आश्विन ११ गते, सोमबार १४:४६ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

आज बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सञ्चालन गरेका छन् ।