राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

होमल्याण्ड खबर

२०७८ आश्विन ११ गते, सोमबार २१:०२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहित शेरबहादुर देउवा सरकारले ननै अध्यादेश ल्याएको थियो।

यसअघि सरकारले ल्याएको उक्त अध्यादेशपछि नै नेकपा एमालेबाट माधवकुमार नेपालसहितका नेता बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। जसपाबाट अलग्गिएका महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए।

नेपाल समय