प्रदेश २ को प्रदेशसभा बैठक असोज २० गते बस्ने

होमल्याण्ड खबर

२०७८ आश्विन १३ गते, बुधबार १३:०२ मा प्रकाशित

प्रदेश २ सरकारको असोज २० गते प्रदेशसभा बैठक बस्ने भएको छ ।

करिव अढाई महिनादेखि नबसेको बैठक असोज २० गते डाकिएको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक डाकिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेशसभामा अहिले सात दलको प्रतिनिधित्व छ । जसमा लोकतानित्रक समाजवादी पार्टी नेपाल (लोसपा) १६ सांसदसहित प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने छन । मंगलबार लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले सभामुख सरोज कुमार यादवलाई प्रतिपक्षमा बस्ने जानकारी गराइसकेका छन।

एकीकृत समाजवादी सरकारमा जाने तयारी गरिरहेका छन । बाँकी नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल ९जसपा०को नेतृत्वमा सरकारमा छन।

नेपाल संघीय समाजवादीको एकजना सांसद मात्र छन । उसको सरकारलाई समर्थन छ । लोसपा प्रदेशमा तेस्रो ठूलो दल भएको छ । जसपाका ३८, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्र र एमालेका ८-८ तथा नेससपाको १ जना सांसद छन।