२९ फाल्गुन २०८२, शुक्रबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।
आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले आज दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएका थिए । त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो ।


साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ ।