एमालेले भन्यो : माधव नेपाललाई बोलाइएको सर्वदलीय बैठक बहिष्कार गर्छौ

होमल्याण्ड खबर

२०७८ आश्विन १४ गते, बिहीबार १०:१७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफुवाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीलाई बोलाईएको सर्वदलीय बैठकमा सहभागी नभई बहिष्कार गर्ने जनाएको छ । एमालेले नेपाल सहित १४ सांसदलाई सभामुख अग्नि सापकोटाले कारवाही नगरेको, सरकारले आफनो दल विभाजन गर्न राजनीतिक दल सम्वनिध अध्यादेश ल्याएको र त्यसको औचित्य सकेपछि फेरि फिर्ता लिएको भन्दै सरकारको विरोध र संसदमा अवरोध गदै आईरहेको छ ।

गत भदौं २३ देखि जारी संसदकोअ धिवेशन एमालेले सोही कारण आज सम्म निरन्तर अवरोध र नारावाजी गदै आईरहेको छ । यो वीचमा संसदको गतिरोध फुकाउन प्रधानमन्त्री शेरवहादुर देउवाले आफनो दुतका रुपमा कानुनमनत्री ज्ञानेन्द्रबहादुर कार्कीलाइ एमाले अध्यक्ष केपी ओलीको बालकोट स्थित निवासमै पठाएर सम्वाद गरेपनि परिणाम सकाारतमक नदेखिएपछि प्रधानमन्त्रीले थप छलफलका लागि आज सर्वदलीय बैठक बोलाएका हुन् । बैठक केही वेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु हुदैछ ।

‘प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्ता छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसद्‍मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा जादैन । त्यो बैठक हाम्रो तर्फबाट वहिष्कार हुन्छ,’ एमालेका एक नेताले बताए ।