एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव

होमल्याण्ड खबर

२०७८ आश्विन १५ गते, शुक्रबार १३:४९ मा प्रकाशित

 नेकपा एमालेले पदाधिकारीमा हेरफेर गर्ने प्रस्ताव गरेको छ । आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ ।

गोदावरीमा आजदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो । यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।

नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ ।

विधान महाधिवेशनबाट यो प्रस्ताव पारित भएमा एमालेमा उपमहासचिव हुने छैनन्। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन् ।