एमाले विधान महाधिवेशन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जोड

होमल्याण्ड खबर

२०७८ आश्विन १७ गते, आईतवार १३:५४ मा प्रकाशित

नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरुले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । गोदावरीमा जारी महाधिवेशनको तेस्रो दिन बाँकी पाँचवटा समूहले समूहगत छलफलको निष्कर्ष पेश गरेको छ । अब केहीबेरमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिनेछन् ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रदेश २ समूहबाट सुझाव पेश गर्दै ज्वाला साहले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा जोड दिएकी छन् । जनवर्गीय संगठनहरुको समूहबाट सुझाव पेश गरेकी सुनिता बरालले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधनमन्त्रीको संवैधानिक व्यवस्था हुनुपर्ने बताएकी छन् ।