एमालेमा १५ सदस्यीय पदाधिकारी : वरिष्ठसहित ५ उपाध्यक्ष, ७ सचिव

होमल्याण्ड खबर

२०७८ आश्विन १७ गते, आईतवार १४:५५ मा प्रकाशित

नेकपा एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने भएका छन्। एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था गरेको सुनाएका हुन् ।  ​अब एमालेमा अध्यक्ष एक, वरिष्ठसहित उपाध्यक्ष पाँच, महासचिव एक,  उपमहासचिव एक, सचिव सात जना रहने पौडेलले बताए। एमालेले पहिलो पटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो ।

यसअघिको प्रस्तावमा एमालेले उपमहासचिव नराख्ने प्रस्ताव गरेको थियो। नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्नकाे लागि ४५ सदस्यीय स्थायी कमिटी बनाइने भएकाे छ । यस्तै एमालेमा अब तीन तह मात्रै रहने भएकाे छ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयमात्रै रहने पाैडेलले बताए । पार्टी सञ्चालनमा समस्या हुने भएकाले पोलिटब्युरोको हटाइएकाे उनले जानकारी दिए ।