देउवा प्रधानमन्त्री बनेको प्रधानन्यायाधीश कै परमादेशमा हाे: सूर्य थापा

होमल्याण्ड खबर

२०७८ आश्विन १९ गते, मंगलवार ११:०९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानन्यायाधीश कै परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताएका छन्।

केही सञ्चारमाध्यमहरुमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानमन्त्री देउवासँग मन्त्रीमा आफ्नो पनि भागबण्डा खोजेको समाचार आएको थियो ।

उक्त समाचार आएसँगै थापाले आज ट्वीटरमार्फत भनेका छन्, ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रीमा आफ्नो भागबण्डा खोजेको र गठबन्धनका नेताहरू दिन तयार भएकोजस्ता समाचारमा सत्यता छ कि यो मिडिया ट्रायल मात्र हो, समयक्रममा खुल्दै जानेछ। उहाँले माग्नु भएको हो भने दिए भइहाल्यो,किनभने देउवा उहाँकै परमादेशमा प्रधानमन्त्री बनेका हुन।’

दिने मन नभए हिम्मतका साथ नदिए भइहाल्यो नि भन्दै उनले प्रश्न गरेका छन् , ‘स्रोतका हवाला दिएर नियोजित अखबारवाजी किन गराउनु?’

संविधान र कानुबमोजिम देउवा प्रधानमन्त्री बन्न नमिल्ने भन्दै उनले प्रश्न गरेका छन्,उनले को –कसलाई मन्त्री बनाउँछन्? यसमा किन संविधान,अभ्यास र मूल्यको चिन्ता गर्ने? परमादेशपछि स्वतन्त्र न्यायालय कहाँ जिवित छ र?