२९ फाल्गुन २०८२, शुक्रबार
सरकारले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ ।
बहुमत सांसदहरुले सर्मथन जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदबाट संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन ।


प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका थिए।