नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गाेपनीयताकाे शपथ

होमल्याण्ड खबर

२०७८ आश्विन २२ गते, शुक्रबार १८:२६ मा प्रकाशित

शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।