उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

होमल्याण्ड खबर

२०७८ आश्विन २४ गते, आईतवार ०९:१६ मा प्रकाशित

सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।