संसदमा एमालेको नाराः गोली हान्न पाइदैन ,जनता मार्न पाइदैन

होमल्याण्ड खबर

२०७८ आश्विन २५ गते, सोमबार १४:५७ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकबाट रेलवे विद्येयक फिर्ता लिने प्रस्ताव पारित भएको छ ।

सभामुख अग्निप्रसााद सापकोटाको अनुमतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रसभामा उत्पति भइ प्रतिनिधिसभामा विचाराधीन रहेको रेलवे विद्येयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।

यस्तै आजको बैठकमाप्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय मन्त्री दिलेन्द बडुले  ‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व) २०७७–७८०’ पेश गरेका छन्।

बैठकको सुरु मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । सभामुख सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए ।

उनीहरुले गोली हान्न पाइदैन, जनता मार्न पाइदैन, सवोच्चता मर्यादा कायम गर, कालो धन हामीलाई चाहिदैन ,देश लुट्न पाइदैन लगायतका नारा लगाइरहेका छन् ।

नाराबाजी कै बीच सभामुख सापकोटाले बैठक अघि बढाएका हुन् । बैठकमा सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।