प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने न्यायाधीशहरुको निर्णय

होमल्याण्ड खबर

२०७८ कार्तिक ८ गते, सोमबार १४:५५ मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।

आज बसेको सर्वोच्चका १४ न्यायाधीशहरुको बैठकले भोली ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

नेपाल बार एशोसियसनका पदाधिकारीसँग हिजो भएको छलफलपछि प्रधानन्यायाधीश जबराले आज फुलकोर्ट बोलाएका थिए ।

तर प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गरेका हुन् । बैठक बहिस्कार गर्दै न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेपछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।