२९ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रियसभाका २० सदस्यको पद रिक्तभएपछि माघ पहिलो साता चुनाव गर्न निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ ।
सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनआयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो । २० सदस्यको पदावधि आगामी फागुनमा सकिँदैछ ।


आयोगको सिफारिस अनुसार संविधानको धारा ८६(३)र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि आयोगले नयाँ चुनाव सिफारिस गरेको हो ।
आयोगका अनुसार चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट नारायण पाण्डेय निर्वाचित भएका थिए र उनको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम रहनेछ ।