प्रधानन्यायाधीश जबराले राजीनामा नदिने, महाभियोग सामना गर्न तयार

होमल्याण्ड खबर

२०७८ कार्तिक ९ गते, मंगलवार १०:३१ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन् । बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले आफूले “कसैको दबावमा” राजीनामा नदिने बताए।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले “सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने” दृढता प्रकट गरे।

नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएको बेला जबराले त्यस्तो अडान दर्शाएका हुन् । स्रोत< बीबीसी न्यूज नेपाली