प्रतिनिधि सभाको बैठक बस्दै, आज एक मात्र कार्यसूची

होमल्याण्ड खबर

२०७८ कार्तिक ११ गते, बिहीबार १०:२० मा प्रकाशित

प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने संघीय संसद्ले जानकारी गराएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने छन् ।

संसद् सचिवालयले आजको बैठकका लागि अन्य कुनै कार्यसूचि तय गरिएको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरुद्ध गर्दै आइरहेको छ । एमालेको अवरोधका बीच पनि प्रधानमन्त्री देउवाले प्रतिवेदन पेस गर्ने जनाइएको छ ।