नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान

होमल्याण्ड खबर

२०७८ कार्तिक १२ गते, शुक्रबार १३:३९ मा प्रकाशित

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।

‘न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने ।