३० फाल्गुन २०८२, शनिबार
नेकपा एमाले विभाजन भएसँगै अल्पमतमा परेका प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।