३० फाल्गुन २०८२, शनिबार
सर्वोच्च अदालतमा इजलास सुरु भएको छ। आज बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हुने गरि न्यायाधीशहरू सुनुवाइमा फर्केका हुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आफू बाहेकका ९ वटा इजलास तोकेका छन। सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुने छ।
यसअघि सोमबार र मंगलबार पनि प्रधानन्यायाधीश जबराले आफू बाहेकका इजलास गठन गरेका थिए ।


प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले दबाब दिइरहेका छन। जबराविरुद्ध नेपाल बार एसोसिएसन पनि आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत न्यायाधीशहरुले तिहारपछि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका छन ।