प्रधानमन्त्रीले बोलाए साँझ ५ वजे सत्ता गठबन्धन दलको बैठक

होमल्याण्ड खबर

२०७८ कार्तिक २२ गते, सोमबार १२:४२ मा प्रकाशित

प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता गठवन्धन दलको बैठक बोलाएका छन् । उनले साँझ ५ वजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्ता गठवन्धनमा रहेका ५ दलको बैठक बोलाएका हुन् ।

सत्ता गठवन्धनमा कांग्रेस सहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । यीमध्ये ४ दल सरकारमा सहभागी छ भने जनमोर्चाले सरकार वाहिरै रहेर सरकारलाई समर्थन र साथ दिँदै आएको छ । विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग देउवाले प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेका थिए ।

भेटमा न्यायालयमा देखिएको विवाद, प्रधानन्ययाधीस प्रकरण, जलवायु सम्मेलनवाट फर्केपछि प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा दिएको अभिब्यीक्त पछिको तरंग र आगामी चुनाव लगायतका विषयमा केन्द्रीत रहेर छलफल हुने वताईएको छ । प्रधानन्यायाधीस प्रकरणमा सर्वाेचचकै न्यायाधीसहरु समेत वेन्च वहिस्कार गरेर आन्दोलनमा रहेको र कानुन ब्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसन समेत चरणबद्ध आन्दोलनमा रहँदा समेत दलहरु मौन वसेको र त्यसमा पन िसत्तापक्षले रहस्यमय मौनता साँधेको आरोप लागिरहेका बेला सत्ता गठवन्धन दलको वैठक साँझ ५ वजे वालुवाटारमा बस्न लागेको हो ।

प्रधानन्यायाधीस प्रकरणमा सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस सकभर विवादवाट टाढा रहन चाहेको छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने न्यायलय नै आन्दोलनमा रहँदा न्यायाक्षेत्र प्रभावित वनिरहेकोले यस विषयमा सत्ता गठवन्धन दलभित्र छलफल गरी आवश्यक परे प्रधानन्यायाधीसलाई महाअभियोग लगाएर भने पनि जानुपर्ने पक्षमा देखिएको छ ।

आजको सत्ता गठवन्धन दलको बैठकमा न्यायालयभित्रको यी प्रकरण लगायतमा गठवन्धन दलको बैठकमा गहन छलफल हुने वताईएको छ ।