३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने ठोकुवा गरेका छन् । सोमबार सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा थापाले आगामी चुनावमा कांग्रेस एक्लै प्रतिष्पर्धामा उत्रने बताएका हुन् ।
उनले भने,‘पार्टीको १४औं महाधिवेशनको भोलिपल्टै हामी चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, कांग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होईन ।’


विगतमा गठबन्धनको केही प्रयास भएपनि सफल नभएको स्मरण गराए । उनले भने,‘हामीले पाएको मत भनेको ३१ लाख हो । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरुको लागि एउटा विचार हो ।’ थापाले अदालतमा अहिले ठूलो दंगा/फसाद परिरहेको टिप्पणी गरे ।
विगतमा चितवनमा आफ्ना मतादातो अर्को पार्टीलाई मत हाल्दा काठमाडौंमा कांग्रेसको मत घटेको उनको आरोप छ । फेरि त्यस्तो अवस्था आउन दिन नहुने उनको भनाई छ । उनले भने,‘ चितवनमा आफ्ना मतदाताको मत अर्को पार्टीलाई हाल्दा काठमाडौंमा काग्रेसको मत मतदाता घटे । त्यसैले न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ ।’