न्यायाधीशहरूद्वारा जबराले तोकेका इजलास बहिस्कार, बन्दीको मुद्दा मात्र सुनुवाइ

होमल्याण्ड खबर

२०७८ कार्तिक २३ गते, मंगलवार १३:०१ मा प्रकाशित

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलास बहिष्कार गरेका छन। जबराले आजका लागि १० इजलास तोकेका थिए । त्यसमध्ये न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासमा रहेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ भएको छ। बाँकी इजलास न्यायाधीशहरूले बहिष्कार गरेका छन ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीशहरू आन्दोलनमा उत्रिएका छन। जबराले सहमति उल्लंघन गरेको, आफूहरूलाई पेल्न खोजेको र आफ्ना मागलाई बेवास्ता गरेको भन्दै न्यायाधीशहरू थप रुष्ट बनेका छन ।

सोमबार न्यायाधीशहरूले बन्दीका मुद्दा हेर्ने, प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ नगर्ने र अन्य मुद्दा पनि नहेर्ने निर्णय गरेका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिरहेका बेला जबराले मंगलबारका लागि १० इजलास तोकि दिएका थिए ।

जबराले न्यायाधीशहरूको संयुक्त इजलास तोक्दा आफ्नो एकल इजलास समेत तोकेका थिए।