३० फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पूर्वराजा शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न आग्रह गर्दै यस्तो चुनौती दिएका हुन् ।
‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,’ देउवाले भने, ‘गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्नुस् ।’ प्रधानमन्त्री देउवाले संविधानमा आफ्नो पनि केही असन्तुष्टि रहेको भन्दै त्यसलाई सुधार्दै जाने बताए ।


कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।