कांग्रेसले यसरी टुंग्यायो ७७ वटै जिल्लामा क्रियाशील सदस्यता विवाद

होमल्याण्ड खबर

२०७८ कार्तिक २४ गते, बुधबार १५:२४ मा प्रकाशित

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । आज केन्द्रीय निर्वाचन समितिले रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेको छ। यससँगै ७७ वटै जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको छ ।

महाधिवेशनको पक्रिया सुरु भए पनि ७७ वटै जिल्लाको सदस्यता विवाद मिल्न सकेको थिएन। जसका कारण विवादित जिल्लाका नेता९कार्यकर्ता आन्दोलित बनेका थिए। क्रियाशील सदस्यता विवाद ढिलोगरी समाधान भएका जिल्लामा कात्तिक २७ देखि महाधिवेशनका कार्यक्रम सुरु हुने छन ।

यसअघि ६४ जिल्लामा वडा अधिवेशन भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म १४औं महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याएको छ ।